Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिजो आठबिसकोटमा आकस्मिक अवतरण भएका दुई हेलिकोप्टर आज फर्किए

सोमबार, भदौ १७, २०८१
tribeni2
  • ललित चन्द 

रुकुम पश्चिम । आठबिसकोटमा आकस्मिक अवतरण भएका दुई हेलिकोप्टर फर्किएका छन ।

आइतबार खराब मौसमको कारण आठबिसकोटमा आकस्मिक अवतरण गरिएको दुइ वटा हेलिकोप्टर आज सोमबार विहान १० बजे सुर्खेतका लागि उडेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

आठबिसकोट नगरपालिका –९ को रंगशालामा आईतबार दिउँसो सिम्रिक एयर ( (नाईन एन –एकेडी)  र नेपाली सेनाको  (नाईन ए ०६६) कलसाईन हेलिकोप्टर खराव मौसमको कारण अवतरण भएका थिए । 

डोल्पाबाट सुर्खेततर्फ उडेका दुई हेलिकोप्टर आकस्मिक रुपमा आठबिसकोटमा अवतरण भएका थिए । 

सिम्रिक एयरको हेलिकोप्टरमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको टोली रहेको थियो भने नेपाली सेनाको हेलिकोप्टर एक सुत्केरी महिलाको उद्धार गरेर सुर्खेतका लागि उडेको थियो । 

अवतरण पछि मुख्यमन्त्रीको टोली सोही स्थानमा बास बसेको थियो भने सुत्केरीलाई एम्बुलेन्स मार्फत आइतबार राती नै सुर्खेत पठाइएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्