Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तिहार मनाउन घर जान लागेका दुई जनाको ट्रक दुर्घटनामा परेर मृत्यु, आठ जना घाइते

२०७८ कार्तिक १९
tribeni2

जाजरकोट / बिहिबार राती जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

सुर्खेतबाट जाजरकोटको जुनीचाँदे गाँउपालिका तर्फ जाँदै गरेको बा.५ छ २५०१ नम्बरको मिनी ट्रक जाजरकोटको छेडागाड नगरपालिका १ ध्यापुटाकुरामा दुर्घटना भएको हो ।

दुर्घटनामा परि जाजरकोट जुनीचाँदे गाँउपालिका २ निवासी २६ बर्षका डिलबहादुर शाही र सोही ठाँउका १४ बर्षिय पारस सिंहको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाईते आठ मध्य सात जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

जुनीचाँदे ११ का नविन सिंह र जुनीचाँदे ९ का धनबहादुर शाही गंभिर घाइते छन् । अन्यको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताउनुभयो ।

दुर्घटना गएराती ११ बजे भएको थियो । रातीको समय भएको तत्काल उद्धार गर्न कठिन भएको थियो । बाटो अफ्ठयारो भएकोले मोडमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । गाडी करीव तीन सय मिटर तल खसेको थियो । गाडीमा खाद्यान्न लगायतको समान पनि थियो । लोड धेरै भएकोले पनि दुर्घटना भएको हो ।

चाडवाडको समयमा गाडी नपाएका कारण ति मानिसहरु मिनी ट्रकमा कोचिएर बसेका थिए । तिहार मनाउन घर जान थालेका उनीहरु दुर्घटनामा परेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्