Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सहिद स्मृति नगर अस्पतालमा फलफूल वितरण 

सोमबार, भदौ १७, २०८१
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १० मा रहेको सहिद स्मृति नगर अस्पतालमा फलफूल वितरण गरिएको छ । सोमबार बिहान सहिद गणेश शाहको ३० औ स्मृति दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण गरिएको हो ।

स्मृति दिवसको अवसरमा अस्पतालमा भर्ना भएका सात जना बिरामी, कुरुवा र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई फलफूल उपलब्ध गराईएको हो ।

फलफूल वितरण कार्यक्रममा सहिद गणेश शाहको श्रीमती तुला कुमारी शाह, छोरा सुधीर शाह, वडा नम्बर ११ का वडा अध्यक्ष बिरेन्द्र रोकाय, नेपाली काङ्ग्रेसका वडा सभापति खिम बहादुर ओली, सचीव ज्ञान बिक्रम शाह, नेपाल मगर संघ कर्णाली प्रदेश समिति उपाध्यक्ष दिपक बिएम, नेपाल तरुण दल चौरजहारीका नगर अध्यक्ष हुकुम ओली लगायतको उपस्थिति रहेको थियो ।

फलफूल वितरणका साथै बिरामीहरुको स्वास्थ लाभको कामना गरिएको नेपाली काङ्ग्रेसका वडा सभापति खिम बहादुर ओलीले जानकारी दिनुभयो ।

२०५१ साल भदौ १७ गतेका दिन तत्कालीन सिम्ली गाविसको सुलिहालेमा शाहको हत्या भएको थियो । खोलागाउँ गाविसका अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहेको बेला उहाँको हत्या भएको थियो ।

22-1725256820.jpg

44-1725256849.jpg

55-1725256047.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्