Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार लामिछानेलाई गणेश शाह स्मृति पत्रकारीता पुरस्कार प्रदान 

सोमबार, भदौ १७, २०८१
tribeni2

रुकुम पश्चिमका क्रियाशिल पत्रकार राजु लामिछाने पुरस्कृत हुनु भएको छ । 

सहिद गणेश शाहको ३० औ स्मृति दिवसको अवसरमा आज चौरजहारी नगरपालिका वडा नम्बर ११ मा आयोजित स्मृति सभामा उहाँलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । 

लामिछानेले पत्रकारीता क्षेत्रमार्फत सामाजिक न्याय, लोकतन्त्रको स्थापना तथा कार्यान्वयन, ग्रामीण बिषयवस्तुको उजागर गरेर समाज रुपान्तरणको लागि उच्च योगदान गरेको भन्दै नगद पुरस्कारसहित खादा ओढाएर सम्मान गरिएको हो ।

पत्रकार लामिछाने गोरखापत्र दैनिक, मूलपाटी डटकम लगायतमा कार्यरत हुनुहुन्छ । उहाँ करिब दुई दशक यता पत्रकारीतामा संलग्न हुनुहुन्छ । 

स्मृति सभाको अवसरमा उहाँलाई सहिद गणेश शाहको श्रीमती तुला कुमारी शाह तथा उहाँका परिवारका अन्य सदस्यहरु, नेपाली काङ्ग्रेस रुकुम पश्चिमका उप सभापति हर्क सिं खत्री, जिल्ला सदस्य यदु कुमार आचार्य, चौरजहारी नगर सभापति प्रेम बहादुर ओली लगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको हो । 

स्मृति दिवसको अवसरमा आज बिहान सहिद स्मृति नगर अस्पतालमा फलफूल वितरण समेत गरिएको नेपाली काङ्ग्रेस चौरजहारी ११ का वडा सभापति खिम बहादुर ओलीले जानकारी दिनुभयो । 

२०५१ साल भदौ १७ गतेका दिन तत्कालीन सिम्ली गाविसको सुलिहालेमा शाहको हत्या भएको थियो । खोलागाउँ गाविसका अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहेको बेला उहाँको हत्या भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्