Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सहिद गणेश शाहका परिवारले ३० वर्षसम्म न्याय पाएनन् !

मंगलबार, भदौ १८, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -११ खोलागाँउका सहिद गणेश शाहको हत्या भएको ३० वर्ष बितेको छ । तर, मृतकका परिवारले हालसम्म पनि न्याय नपाएको बताईएको छ । 

सोमबार सहिद गणेश शाहको ३० औं स्मृति दिवसको अवसरमा आयोजित स्मृति सभामा बोल्ने अधिकांश वक्ताहरुले सहिदका परिवारले न्याय नपाएको जनाएका छन् ।

स्वर्गीय शाहको श्रीमती तुला कुमारी शाहले न्यायको पर्खाईमै ३० वर्ष बितेको बताउनुभयो । श्रीमान् मारिएपछि परिवारको बिचल्ली परेको बताउनुहुँदै उहाँले श्रीमान् मारेकाहरुलाई कारबाहि नभएको, जनयुद्धको नाममा फरार भएको र राज्यबाट समेत हालसम्म राहत नपाएको जनाउनुभयो । 

शाहको २०५१ साल भदौ १७ गते तत्कालिन सिम्ली गाविसको सुलिहालेमा तत्कालिन माओवादीबाट हत्या भएको थियो । खोलागाउँ गाविस अध्यक्ष तथा जिल्ला विकास समितिका सदस्य शाह कामको सिलसिलामा जिल्ला सदरमुकाम जाँदै गर्दा बाटोमै हत्या भएको थियो । 

harka-1725333089.jpgनेपाली काँग्रेस रुकुम पश्चिमका उपसभापति हर्क सिं खत्रीले माओवादीले जनयुद्ध सुरु अघि चलाएको सिस्ने जलजला (सिज) अभियानको क्रममा गणेश शाहको घाँटी रेटेर हत्या गरेको तर हालसम्म पनि न्याय नपाएको बताउनुभयो ।

सरकार र बिद्रोही माओवादी बिच बिस्तृत शान्ती सम्झौता हुँदा २०५२ साल फाुगन १ गते यताका घटनालाई मात्रै द्वन्द्वकालिन घटना मान्ने भनेर उल्लेख गरिएपछि मृतक शाहको परिवारले राहत पाउनबाट बञ्चित भएको उहाँले बताउनुभयो । ‘न त हत्यारा पक्राउ परेर कारबाहि भयो, न मृतकका परिवारलाई उचित राहत दिने काम भयो,’ उप सभापति खत्रीले भन्नुभयो, ‘सहिदका परिवारलाई ३० वर्षसम्म अन्याय भईरहेको छ ।’ 

yadu--1725333092.jpgकार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य यदु कुमार आचार्यले मान्छे मारेर विचारको हत्या गर्न खोज्नु अपराधिक मानसिकता र मूर्खता भएकोले गणेश शाहको विचार र बाटो असल र अमर रहेको बताउनुभयो । उहाँले मृतकका परिवारलाई न्यायको लागि माग गर्नुभयो । 

चौरजहारी नगर समितिका सभापति प्रेम बहादुर ओलीले हत्या र हिंसाको बाटोले कसैको पनि भलो नहुने र विचार मार्न नसकिने उल्लेख गर्नुभयो । वैचारिक आस्थाकै आधारमा हत्या गरिएका गणेश शाहको परिवार तीन दशकसम्म न्यायको खोजीमा भौतारिनुपर्ने अवस्था आउनु भनेको कानूनी राज्य माथिको उपहास भएको उहाँको भनाई छ । 

prea-dai-1725333092.jpgशाहको हत्यापछि सरकारले सहिद घोषणा गरेको थियो भने शान्ती तथा पुनर्निर्माण मन्त्रालयले तयार पारेको द्वन्द्वका क्रममा ज्यान गुमाएकाहरुको सूचिमा पनि उहाँको नाम समावेश छ । तर, उहाँको परिवारले मृतकका परिवारले पाउने राहतबाट भने बञ्चित भईरहेको छ । राहतका लागि जिल्ला र केन्द्रसम्म धाउँदा धाउँदा पनि मृतकका परिवारलाई वेवास्ता गरिएको गुनासो रहेको छ । 

नेपाली काँग्रेस चौरजहारी नगरपालिका वडा नम्वर ११ का सभापति खिमबहादुर ओलीले हरेक वर्ष शाहको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । अब उहाँको नाममा स्मृति प्रतिष्ठान बनाएर विभिन्न कार्यहरु गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्