Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाल बिद्यार्थी संघ रुकुम पश्चिमको अध्यक्षको जिम्मेवारी हेमराजलाई

मंगलबार, भदौ १८, २०८१
tribeni2

नेपाल बिद्यार्थी संघ रुकुम पश्चिमको जिम्मेवारी हेमराज केसीले पाउनु भएको छ । 

आज उहाँलाई नेबि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जिल्ला अध्यक्षको जिम्मेवारी दिनुभएको हो । लामो समयदेखि जिल्ला अध्यक्षको पद रिक्त रहेको र ३२ बर्षे उमेर हद पनि आकर्षित भएको भन्दै केसीलाई जिल्ला अध्यक्ष तोकिएको हो । 

उहाँलाई नेपाल बिद्यार्थी संघको विधान २०२७ को सातौ संशोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । 

जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएका केसी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ९ निवासी हुनुहुन्छ । 

अध्यक्ष जिम्मेवारी प्राप्त गर्नुभएका केसीलाई नेबि संघका पूर्व केन्दिय्र उपाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता खड्कबहादुर डाँगीले बधाईसहित तोकिएको जिम्मेवारी पुरा गर्नको लागि शुभकाामना प्रदान गर्नुभएको छ । उहाँले केसीले नेबि संघको गतिशिलता र सक्रियताका लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्