Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्मचारी युनियनद्वारा बिरामीलाई फलफूल वितरण 

बुधबार, भदौ १९, २०८१
tribeni2

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । 

बुधबार नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमले युनियनको स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो । 

नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमका सचिव कमल केसीका अनुसार अस्पतालमा भनाृ भएका र उपचारका लागि आएका ३६ जना बिरामीलाई स्याउ, केरा लगायतका फलफूल वितरण गरिएको हो । 

बिरामीहरुलाई फलफूल वितरणका साथै उहाँहरुको स्वास्थ्य लाभको कामना समेत गरिएको सचिव केसीले जनाउनुभयो । 

फलफूल वितरण कार्यक्रममा मुसिकोट नगरपालिकाका पमुख महेन्द्र केसी, नेपाली काँग्रेसका कोषाध्यक्ष मोहवीर खड्का, सह सचिव यज्ञ बिष्ट, जिल्ला सदस्य तथा प्रवक्ता लालबहादुर ओली, मुसिकोट नगर सभापति प्रेम ओली, आधिकारिक ट्रेड युनियनका अध्यक्ष जोगेन्द्र पुन, महाधिवेशन प्रतिनिधि डिल्लीबहादुर ओली, अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, जिल्ला अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । 

नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष देव बहादुर ओलीको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रमको सञ्चालन सचिव कमल केसीले गर्नुभएको थियो । 

78fb77d3-da88-4edf-a1f7-70713b349ea7-1725465756.jpg

b90bca02-5ed5-496b-a740-3f41b13c1da9-1725465758.jpg

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्