Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा बस दुर्घटना : ८ जनाको मृत्यु, २६ घाईते

२०७८ कार्तिक २१
tribeni2

सल्यान / सल्यानमा आज बिहान पौने ११ बजे बस दुर्घटना भएको छ । सल्यानको जयत पानिबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका छन् ।

सल्यान प्रहरीका अनुसार सल्यानको कपुरकोट गाउपालिका–५ खारखोलामा बस दुर्घटना भएको हो । दुलधारा-खलंगा हुँदै दाङको तुलसीपुर तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो।

घाइतेहरुको उद्धार गरेर उपचारको लागि सल्यानको श्रीनगर र केहिलाई तुलसीपुर पठाइदैँ गरेको प्रहरीले जनाएको छ ।

मृतक र घाईतेहरुको सनाखत हुन सकिहेको छैन । प्रहरी र स्थानीयद्वारा उद्वार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्