Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण र फलफूल वितरण

शुक्रबार, भदौ २१, २०८१
tribeni2

रुकुम पश्चिममा निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण र फलफूल वितरण गरिएको छ । 

शुक्रबार बिहान शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमको प्राङ्गणमा वृक्षारोपण गरिएको हो भने जिल्ला कारागारमा रहेका कैदीबन्दी र जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार कारागारमा रहेका १५६ जना कैदीबन्दीहरुको लागि ३० किलो स्याउ र २० दर्जन केरा वितरण गरिएको हो भने जिल्ला अस्पतालमा उपचाररत करिब ४० जना बिरामीहरको लागि प्याकेजमा ३०किलो फलफूल वितरण गरिएको हो । 

निजामती सेवा दिवस मुल समारोह समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको नेतृत्वमा वृक्षारोपण र फलफूल वितरण गरिएको हो ।
 
खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय र जिल्ला अस्पताल सल्लेको आर्थिक सहयोग तथा  निजामती सेवा दिवस मुल समारोह समितिको समन्वयमा कैदिबन्दी र उपचारत विरामीहरुलाई फलफुल वितरण गरिएको सहायक प्रमुख जिल्ला रेग्मीले जानकारी दिनुभयो । 

कार्यक्रममा निजामती सेवा दिवस मुल समारोह समिति  अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख तेजनाराण महतो , जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिजाली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषी पाठक,विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागितामा  रहेको थियो ।

458650638_1551335482475207_2367797286046736491_n-1725629280.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्