Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको पातुखोलामा पहिरोले चार घुम्ती पसल बगायो

शुक्रबार, भदौ २१, २०८१
tribeni2

लगातारको बर्षाको कारण रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका -१ स्थित पातुखोलामा पहिरो गएको छ । 

शुक्रबार बेलुका गएको पहिरोले पातुखोलामा रहेको चार वटा घुम्ती पसल बगाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार पहिरोले चार वटा घुम्ती पसल क्षतीग्रष्त भएका छन् । क्षतीको विवरण भने एकिन हुन बाँकि रहेको छ । अहिले पनि लगातार पानी परिरहेको छ । 

किराना तथा फलफूल पसल सञ्चालित घुम्ती पसल पहिरोले बगाएको हो । समयमै सजक रहेको कारण मानविय क्षति भने नभएको प्रहरीको भनाई रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्