Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तिजको अवसरमा तिमिलेमा नृत्य प्रतियोगिता 

शनिबार, भदौ २२, २०८१
tribeni2

रुकुम पश्चिम चौरजहारी नगरपालिका १४ तिमिलेमा मा हरितालिका तिजको अवसरमा आयोजित नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

स्थानीय मिलिजुली महिला समुहले आयोजना गरेको नृत्य प्रतियोगितामा चौरजहारी नगरपालिका वडा नम्वर १४ र सानीभेरी गाउँपालिका वडा नम्वर १० का १७ जना महिलाहरुले भाग लिएका थिए । 

प्रतियोगितामा सानीभेरी गाउँपालिका १० तिमीले निवासी दिपिका ओली खड्काले प्रथम, चौरजहारी नगरपालिका वडा १४ का दिपिका परियारले द्वितीय र चौरजहारीकै   रमिता ओलीले तृतीय स्थान प्राप्त गर्नुभएको छ।। त्यसैगरी सानीभेरी गाउँपालिका १० झारपोखरी बिष्णु खड्काले सान्त्वना स्थान हाँसिल गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

उत्कृष्ट स्थान प्राप्त गर्ने प्रतियोगिहलाई नगद तथा प्रमाण पत्रद्रारा पुरस्कृत गरिएको मिलिजुली महिला समूह अध्यक्ष कमला खड्काले बताउनुभयो । 

कार्यक्रममा सानीभेरी गाउँपालिका वडा नम्वर १० का वडा सदस्य सीता डाँगी खड्का, जनकल्याण माध्यमिक विद्यालय जोगिनेटा चौरजहारी नगरपालिका ११ का माध्यमिक तह शिक्षक तिलक बहादुर घर्ती, विभिन्न कार्यालयका कर्मचारी, विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरु, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण गोपालसिं खड्काले गर्नुभएको  थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्