Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा पहिरोले घर पुँरिदा वडा सदस्यका श्रीमान् श्रीमती बेपत्ता

आइतबार, भदौ २३, २०८१
tribeni2

जाजरकोट । गए राति जाजरकोटमा पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका  गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका -६ धुमा गाउँमा राति २ बजे  पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।  

जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहले राति २ बजे घर पुरिँदा  मान बहादुर चलाउने  र उहाँकी श्रीमती वडा नं ६ की  महिला वडा सदस्य समेत रहेकी  मायादेवी  चलाउने  पुरिएको जानकारी दिनुभयो । 

घटनास्थलबाट चलाउनेकी छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको  छ । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेले घटनास्थलमा प्रहरी टोली जाँदै गरेको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिनु भयो । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्