Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सहिद स्मृति नगर अस्पतालबाट बार्षिक १५ हजार बढी बिरामीलाई सेवा प्रदान 

आइतबार, भदौ २३, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित सहिद स्मृति नगर अस्पतालबाट सेवा लिनेहरुको संख्या १५ हजार बढी रहेको छ । 

चौरजहारी नगरपालिका -१० मा रहेको यस अस्पतालले गत आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार २२६ जनालाई सेवा दिएको जनाएको छ । 

अस्पताल प्रशासक विश्व प्रकाश ओलीका अनुसार गाउँमै डाक्टरसहितको अस्पताल सञ्चालन भएपछि सेवा लिन आउने बिरामीहरुको संख्या बढीरहेको छ । 

गत वर्ष नगर अस्पतालमा ३१२ जनाको माईनर सर्जिकल गरिएको थियो भने १०२ जना सुत्केरी भएका थिए । अस्पताल प्रशासक ओलीले पाँच शैयाको यस अस्पतालमा दैनिक सात जना बढी बिरामी भर्ना हुने गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार गत वर्ष एक हजार ८७८ जनाले एक्सरे सेवा लिएका छन् भने ६ हजार ८३८ जनालाई ल्याब सेवा दिईएको छ । त्यसैगरी २०१ जनाले परिवार नियोजनका साधनको प्रयोगबारे सेवा लिएका छन् भने ५०५ जना बिरामीलाई भर्ना गरेर उपचार गरिएको छ । 

अस्पतालका डाक्टर विवेक केसीले ग्याष्टिक र दुखाई तथा चोट पटक लागेका बिरामीहरु बढी मात्रामा आउने गरेको जानकारी दिनुभयो । गाउँमै डाक्टरसहितको सेवा रहेकोले उपचारका लागि अस्पताल नै आउने बिरामीहरुको संख्या बढीरहेको उहाँको भनाई छ । 

विगतमा बिरामीलाई गाउँमै धामी, झाँक्रि तथा घरेलु उपचार गर्ने चलन बढी मात्रामा रहेको थियो । नगर अस्पताल सुरु भएपछि रुकुम पश्चिमका साथै सल्यान जिल्ला समेतका बिरामीहरुले बढी मात्रामा सेवा लिने गरेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्