Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुक्मिणी माविको ७७ औं बार्षिकोत्सवमा धुमधाम

आइतबार, भदौ २३, २०८१
tribeni2

रुकुम पूर्व । सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माद्यामिक विद्यालयले ७७ औं वार्षिकोत्सब २०८१ धुमधामका साथ मनाएको छ । 

केही दिनदेखि विद्यालयले वार्षिकोत्सबको अवसरमा विभिन्न प्रतियोगिता तथा क्रियाकलापहरु सञ्चालन गदै आइरहेकोमा आज विद्यालयले आफ्नो स्थापना भएको दिन पारि औपचारिक कार्यक्रम गरेको हो । 

आज प्रभात फेरिसँगै विभिन्न प्लेकार्डसहित रुक्मिणी माविका शिक्षक विद्यार्थी अभिभावक तथा विभिन्न सरोकारवाला अतिथिहरुको उपस्थितिमा कोणसभा गरि रुक्मिणी माविको प्रङ्गाणमा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा रुक्मिणी माविका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले विद्यालयको इतिहास तथा प्रशासनिक प्रतिवेदन र अहिलेको शैक्षिक तथा भौतिक अवस्था लगायतको बारे प्रष्ट पार्नुभएको थियो भने विद्यालयका लेखापाल अर्जुन बुढा क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

रुक्मिणी माविको ७७ औं वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका उप प्रमुख मोहन बहादुर केसीले रुक्मिणी मावि चिरपरिचित र उत्कृष्ट भएको भन्दै विद्यालय स्थापना देखि नै धेरै व्यक्तित्वहरुको लगानी र मेहनत रहेको बताउनुभयो ।

उप प्रमुख केसीले जिल्लाकै इतिहासको बोकेको यस विद्यालयमा अहिले अभिभावकहरुको उपस्थिति र बुझाइको कमि भएको भन्दै विद्यार्थी सँगसँगै अभिभावक शिक्षा पनि सञ्चालन गर्नुपर्ने अवस्था देखिएको बताउनुभएको छ । उहाँले अहिलेको विद्यालय शिक्षाको निरन्तरता र यो स्पिड भावी पुस्ताले पनि निरन्तरता दिनुपर्ने बताउनुभएको छ । 

कार्यक्रमका बिशेष अतिथि तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले पछिल्लो समयमा रुक्मिणी माविले दिएको चहलपहल तथा गतिविधिले विद्यालयको चित्र प्रष्ट भएको बताउदै विद्यालयको आगामी भविष्य उज्ज्वल रहेको बताउनुभएको छ । अध्यक्ष रेग्मीले पछिल्लो समय विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको उपस्थिति खुकुलो हुनु शैक्षिक क्षेत्रको सङ्केत शंकास्पद रहेको बताउदै शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति अभिभावक, सरोकारवाल निकाय र विद्यालय प्रशासनले साझा प्रतिबद्धता गर्नुपर्ने बताउनुभएको छ । 

रुक्मिणी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रकाश थापाको अध्यक्षतामा सुरु भएको वार्षिकोत्सब कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति रुकुम पूर्वका उप प्रमुख मोहन बहादुर केसीको रहेको थियो भने बिशेष आतिथ्यता भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी रवीन्द्र बुढा क्षेत्री, सिस्ने गाउँ पालिका पूर्व उपाध्यक्ष गोवर्धन बुढा, सिस्ने गाउँपालिका ५ का वडा अध्यक्ष वीरेन्द्र बस्नेत, डिएसपी माधवराज खरेल, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, छिमेकी विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, नागरिक समाजका अगुवाहरु रुक्मिणी माविका संस्थापक सदस्यहरु लगायत अभिभावक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक हरि थापाले गर्नुभएको थियो । वार्षिकोत्सबको अवसरमा विद्यालयले विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण समेत गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्