Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

२०७८ कार्तिक २१
tribeni2

सल्यान / आज बिहान पौने ११ बजे सल्यानमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्यानको जयत पानिबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको हो । मृत्यु हुनेमा १० पुरुष र २ महिला रहेको प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोट गाउपालिका–५ खारखोलामा बस दुर्घटना भएको हो । ५ जनाको घटनास्थलमै र ३ जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । थप चार जनाको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो । उद्धार गरी श्रीनगर लगिएका थप तीन बालबालिकाको र जिल्ला अस्पतालमा एक जनाको पनि मृत्यु भएको बताईएको छ । 

घाइतेहरुको उद्धार गरेर सल्यानको श्रीनगर, जिल्ला अस्पताल सल्यान र दांगको तुलसीपुरमा उपचार भैरहेको जनाईएको छ । मृतक र घाईतेहरुको सनाखत भएको छैन ।

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्