Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सेरीगाउँको एक पसलमा आगलागी, १५ लाख बराबरको क्षती

सोमबार, भदौ २४, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५ स्थित एक पसलमा आगलागी भएको छ । 

यमुनानन्द नमूना माविको अगाडि स्थानीय दुर्गा बहादुर बोहराले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको मुसिकोट नगरपालिकाका नगर प्रहरी ईन्चार्ज उमेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार राती साढे १० बजे उक्त पसलमा आगलागी भएको हो ।

जस्तापाताबाट निर्मित उक्त किराना पसलमा बिजुलीको तार सट भई आगलागी भएको बताईएको छ । 

आगलागी पश्चात स्थानीयवासी, नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी लगायतको टोलीले राती साढे १२ बजे आगो नियन्त्रणमा लिन सफल भएको केसीले बताउनुभयो । 

आगलागीबाट पसलमा रहेका करिब १५ लाख मूल्य बराबरको किराना र खाद्यन्न सामाग्री जलेर नष्ट भएको बताईएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्