Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा खोलाले बगाउँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु

सोमबार, भदौ २४, २०८१
tribeni2

रुकुम पश्चिमममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका ६ र ७ को सिमानामा रहेको रम्माखोलाले बगाउँदा मोटरसाईकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो । 
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर ४ निवासी ५० वर्षीय सर्जन पुन र वडा नम्वर ६ निवासी अन्दाजी ३२ बर्षीया निर्मला केसी थापाको मृत्यु भएको हो ।  

रा ६ प २९६१ नम्वरको मोटरसाईकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा आईतबार बेलुका करिब साढे आठ बजे खोलाले बगाएको र सोमबार बिहान मात्र थाहा भएको प्रहरीले जनाएको छ । 

घटनास्थलमै रहनुभएका प्रहरी निरक्षिक शाहीले खोलाले मोटरसाईकलसहित बगाउँदा दुवै जनाको मृत्यु भएको र पुरिएको अवस्थामा शव फेला परेको बताउनुभयो । 

खोलाभन्दा करिब तीन सय मिटर तल महिला र  करिब २० मिटर तल पुरुषको शव फेला परेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । पुरुषको शव मोटरसाईकलले च्यापिएको महिलाको शवको केहि भाग पुरिएको अवस्थामा फेला परेको थियो । 

अहिले प्रहरीले शव निकालेर घटनास्थल प्रकृति मुचुल्का तयार गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्