Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बीपीको जन्मजयन्तीको अवसरमा शालिकमा माल्यार्पण

सोमबार, भदौ २४, २०८१
tribeni2

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाईएको छ । सोहि क्रममा नेपाली कांग्रेस रुकुम पश्चिमले  नेपालको राजनीति र साहित्यमा बीपीको योगदान चर्चा गर्दै उहाँको शालिकमा माल्यार्पण गरेर दिवस मनाएको छ ।

नेपाली काँग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीले मुसिकोट नगरपालिका १ खलंगामा रहेको बीपीको शालिकमा फूल, माला, अबिरले माल्यार्पण गर्दै उहाँको योगदानको चर्चा गरेर जन्मजयन्ती मनाएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेश समिति सदस्य सीता ओली, नेपाली काँग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारी, कोषाध्यक्ष मोहबिर खड्का,  सहसचिव यज्ञ बिष्ट, क्षेत्रीय सभापति एवम् मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, मुसिकोट नगर समितिका सभापति प्रेमबहादुर ओली लगायतका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

f0bf76ec-ffeb-4b1b-bf43-2141276c351a-1725882432.jpgयस्तो थियो बीपीको व्यक्तित्व

महामानव बीपी कोइरालाको जन्म १९७१ असोज २४ गते आजकै दिन भएको थियो । नेपाली राजनीतिमा महामानव बीपी कोइराला एक अमर व्यक्तित्व हुनुहुन्छ । उहाँलाई प्रजातन्त्रका पिता भनेर सम्मान गरिन्छ । बीपी कोइराला र प्रजातन्त्र पर्यायवाची शब्द हुन् । बीपी कोइराला भन्नासाथ प्रजातन्त्र छुट्दैन र प्रजातन्त्रको वकालत गर्नासाथ बीपी कोइरालाको नाम आउँछ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ मा जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभएको थियो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसदमा पहिलो दलको रूपमा रहेको छ । 

क्रान्तिको सफलतापछि मोहनशमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभयो । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्री कालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो ।

वि.सं. २०१७ पुस १ मा शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो ।

वि.सं. २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्किनुभयो ।

उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ । मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो । धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भए पनि बीपीले निर्वाचन परिणामलाई स्वीकार गर्नुभयो । क्यान्सर रोगले बीपीको वि.सं. २०३९ साउन ६ मा निधन भएको थियो ।

f0bf76ec-ffeb-4b1b-bf43-2141276c351a-1725882432.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्