Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिपीको जन्मजयन्तीको अवसरमा आठबिसकोटमा फलफूल वितरण

सोमबार, भदौ २४, २०८१
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडिमा रहेको नगर अस्पतालमा फलफूल वितरण गरिएको छ । सोमबार अस्पतालमा भर्ना भएका बिरामी, कुरुवा र स्वास्थ्यकर्मीहरुसहित ३० जनालाई फलफूल वितरण गरिएको हो । 

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको १११औ जन्मजयन्तीको अवसरमा अस्पतालका फलफूल वितरण गरिएको हो । 

नेपाली काँग्रेसका प्रदेश प्रतिनिधी तथा आठबिसकोटका पूर्व नगर सभापति कमल शाहको व्यवस्थापन तथा अगुवाईमा अस्पतालमा फलफूल वितरण गरिएको हो । 

महामानव बिपीको आदर्श र विचारबाट प्रभावित भएको र उहाँको जन्मजयन्ती बिशेष अवसर भएकोले अस्पतालमा पुगेर फलफूल वितरण गरिएको शाहले बताउनुभयो । 

बिपीकै बाटोमा हिडेको कार्यकर्ता भएकोले उहाँको जन्मजयन्तीलाई थप महत्वका साथ लिने गरेको शाहको भनाई छ । अस्पतालमा युवा नेता शाहसहित उहाँको श्रीमती, स्थानीय युवा ललित चन्द लगायतले फलफूल वितरण गर्नुभएको हो । 

falful-bitaran-1725898591.jpgमहामानव बीपी कोइरालाको जन्म १९७१ असोज २४ गते आजकै दिन भएको थियो । नेपाली राजनीतिमा महामानव बीपी कोइराला एक अमर व्यक्तित्व हुनुहुन्छ । उहाँलाई प्रजातन्त्रका पिता भनेर सम्मान गरिन्छ । बीपी कोइराला र प्रजातन्त्र पर्यायवाची शब्द हुन् । बीपी कोइराला भन्नासाथ प्रजातन्त्र छुट्दैन र प्रजातन्त्रको वकालत गर्नासाथ बीपी कोइरालाको नाम आउँछ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्