Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम जिल्ला अदालतका चार कर्मचारी सम्मानित

सोमबार, भदौ २४, २०८१
tribeni2

रुकुम जिल्ला अदालतमा कार्यरत चार जना कर्मचारीहरु सम्मानित एवम् पुरस्कृत हुनुभएको छ । 

निजामती सेवा दिवस २०८१ को अवसरमा अदालतमा कार्यरत चार जना कर्मचारीहरुलाई पुरस्कारसहित सम्मान गरिएको हो । 

रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाहीका अनुसार नायब सुब्बा शसिराम विष्ट, नायब सुब्बा अस्मिता रावल, तामेलदार डिठ्ठा गोविन्द घर्ती मगर र कार्यालय सहयोगी लोक बहादुर के.सी.लाई निजामती सेवा दिवसको अवसरमा सम्मान गरिएको हो । 

तोकिएको पदिय जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गरेकोले कदर स्वरुप चार जना कर्मचारीहरुलाई सम्मान गरिएको श्रेष्तेदार शाहीले जानकारी दिनुभयो । 

उहाँहरुलाई जिल्ला न्यायाधीस रामप्रसाद बस्याल, श्रेष्तेदार (उपसचिव) मन्दिरा शाहीले दोसल्ला, सम्मानपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभएको हो । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्