Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लुम्बिनीका वनमन्त्री बादसाहले दिए राजीनामा

मंगलबार, भदौ २५, २०८१
tribeni2

बुटवल । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले पदबाट राजीनामा दिनुभएको छ। व्यक्ति हत्या आरोपित कुर्मीले मंगलबार बेलुकी मुख्यमन्त्री समक्ष राजीनामा पत्र बुझाउनुभएको हो। 

मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री कुर्मीले पदबाट राजीनामा बुझाएको जानकारी दिनुभयो । तर, सोबारे पत्र भने बुधबार मात्रै आफूसमक्ष आइपुग्ने उहाँले बताउनुभयो। 

कुर्मी नेपाली कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी हुनुभएको थियो । उहाँ साउन ७ गते मन्त्री हुनुभएको थियो । हत्या आरोपितलाई मन्त्री बनाएको भन्दै विरोध हुँदै आएको छ। उहाँमाथि बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोप छ। 

उहाँलाई तत्काल हटाउनुपर्ने माग राख्ने बाँकेका केही अभियन्ताहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। यसै गरी हत्या आरोपीलाई मन्त्री बनाईएको भन्दै नेकपा (बहुमत) ले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्