Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आत्महत्या रोकथामका लागि मुसिकोटमा अन्तरक्रिया 

विद्यालयस्तरबाटै सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड 
मंगलबार, भदौ २५, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ खलंगामा २२ औ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । 

मंगलबार बिहान जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्ला समन्वय समितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

अस्टे«लियन एड, सी.बि.एम ग्लोबलको आर्थिक सहयोग तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी.एम.सी नेपाल र टि.पि.ओ नेपालको सहकार्यमा भएको अन्तरक्रिया कार्यक्रममा बढ्दो आत्महत्याको अवस्था निराकरण गर्नका लागि सबै पक्षको सकारात्मक पहलकदमी आवश्यक रहेको बताईएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले बिद्यालयस्तरबाटै आत्महत्या रोकथामको लागि सचेतिकरणका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मनोबल नकारात्मक बनाएर आफ्नो हत्या आफै गर्ने हरुवा मानसिकताले समाजको हित नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले हरेक तह र तप्कामा तनाव व्यवस्थापन सीप सिकाउन आवश्यक रहेको बताउनुभयो । विभिन्न कारणले आत्महत्या गर्नेहरुको संख्या बढीरहेकोले सबै निकाय सचेतनाका कार्यक्रममा जुट्नुपर्ने उहाँको भनाई रहेको छ । 

आत्महत्या रोकथाम बारे संवाद सुरु गरौ, दृष्टिकोण बदलौ”  भन्ने नाराका साथ मनाईएको उक्त दिवस बिशेष अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेल र स्वास्थ्य सेवा कार्यालय डा. ओसन कुमार पुनले विभिन्न बिषयमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई आत्महत्या, यसका कारण, रोकथाम तथा नियन्त्रणका उपायहरु, यसले निम्त्याउने क्षती, आत्महत्याको तथ्यांक लगायतका बिषयमा सहजिकरण गरिएको थियो । 

75ab0665-75a7-4219-bc78-5e73e6385d1e-1725980271.jpgकार्यक्रममा सि.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीले आत्महत्याबाट ज्यान गुमाएका व्यक्तिहरुलाई सम्झदै आत्महत्या रोकथामको बारेमा जनचेतना अभिबृद्धि गराउने र आत्महत्या रोकथाम गर्ने उपायहरुको बारेमा सूचना तथा जानकारी दिन दिवस मनाउने गरिएको जानकारी दिनुभयो । 

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देबबहादुर बि.क, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन गिरी, सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आचार्य, अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, गैरसरकारी सस्था महासंघका जिल्ला अध्यक्ष भिमराज ओली लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका बिद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्