Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शी लिड्स आइकनको उत्कृष्ट जनप्रतिनिधिमा पुथाका उपाध्यक्ष भुपेन्द्रा छनौट

बुधबार, भदौ २६, २०८१
tribeni2

रुकुम पुर्व ।  रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष शी लिड्स आईकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट हुनुभएको छ । उपाध्यक्ष भुपेन्द्रा बुढा मगर शी लिड्स आईकनको टप २७ मा छनौट हुनुभएको हो । 

शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिहरुको सर्टलिस्टमा उपाध्यक्ष भुपेन्द्रा बुढा मगर छनौट भएको गाउँपालिकाले जनाएको छ । 

सोमबार देशभरका १४० जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर टप २७ को लिष्ट सार्वजनिक गरेको थियो । जसमा तीन जना प्रमुख र बाँकी उपप्रमुख छन् ।

सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको बताइएको छ । आयोजकले जानकारी दिएअनुसार निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जोशी श्रेष्ठ रहेका छन् ।

सर्टलिस्ट भएका २७ महिला जनप्रतिनिधिहरुमा २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृृष्ट तीन जनालाई विजेता घोषणा गरिने कार्यक्रम रहेको समेत आयोजकले बताएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्