Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाल दिवसको अवसरमा चौरजहारीमा विविध कार्यक्रम हुुँदै

बुधबार, भदौ २६, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारीमा ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु हुने भएका छन् । 

चौरजहारी नगरपालिकाको आयोजना तथा नगर बाल सञ्जाल चौरजहारीको सहकार्यमा भदौ २९ गतेका दिन शीतल माध्यमिक विद्यालय चौरजहारीमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन हुने भएका छन् ।  

नगर बाल सञ्जाल चौरजहारीका अध्यक्ष दिपक डाँगीका अनुसार दिवसको अवसरमा तहगत रुपमा हिसाब दौड, हाजिरी जवाफ, निबन्ध र सन्देशमूलक गीत तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । 

हिसाब दौड प्रतियोगिता आधारभूत तह (कक्षा १ देखि ५ सम्म) का विद्यार्थीहरु बिचमा र हाजिरी जवाफ प्रतियोगिता आधारभूत तह (कक्षा ६ देखि  ८) का विद्यार्थीहरु बिचमा प्रतिश्पर्धा हुनेछ ।  

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएके हो । सोहि नारालाई नै आधार बनाएर माध्यमिक तह (कक्षा ९ देखि १२) का बिद्यार्थीहरु बिचमा निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको छ ।

त्यसैगरी वडा नम्वर १ देखि १४ सम्मका बाल क्लबहरुले भाग लिने पाउने गरी सन्देशमूलक गीत तथा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष डाँगीले जनाउनुभयो । 

चौरजहारी नगरपालिकाले दिवसको अवसरमा सञ्चालन हुने यी प्रतियोगितात्मक कार्यक्रमहरुमा भाग लिन तथा उपस्थिति जनाउन नगरपालिका भित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुको लागि सूचना समेत जारी गरेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्