Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान बस दुर्घटना अपडेट : मृतक १२ मध्य ८ जनाको पहिचान खुल्यो, गम्भिर घाईतेलाई हेलिकप्टर मार्फत लगियो

२०७८ कार्तिक २१
tribeni2

सल्यान / आइतबार विहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने १२ जना मध्य आठ जनाको पहिचान खुलेको छ । मृतक १२ जना मध्य ९ जनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ३ जनाको श्रीनगरमा राखिएको सल्यान प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा सल्यान जिल्ला शारदा नगरपालिका १२ घर भई हाल तुलसिपुर ६ बस्ने ५३ वर्षिया प्रभा चलाउने, शारदा नगरपालिका २ बस्ने ६१ वर्षिया मिना डाँगी, शारदा नगरपालिका ३ बस्ने ६६ वर्षिया लिला बुढाथोकी, त्रिवेणी १ काभ्राकी २४ वर्षिया मिना शाही, बबइ गाउपालिका ४ दाञ् बस्ने ६० वर्षिया डुली रेउले, ववइ गाउपालिका ६ पञ्चकुलेकी ७० वर्षिया कलावली बुढाथोकी, घोराही नारायणपुरकी ६५ वर्षिया इन्द्रा अधिकारी, छत्रेश्वरी २ का २९ वर्षिय तिलक वली रहेका छन् ।

मृतक अन्य ४ जनाको सनाखत भएको छैन ।

गम्भिर घाईतेलाई हेलिकप्टरबाट कोहलपुर लगियो

दुर्घटनामा घाइते भएका मध्य गम्भिर ३ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको छ । अन्य केहि घाइतेहरुलाइ पनि थप उपचारको लागी हेलिकोप्टरबाट बाहिर पठाउने तयारी भैरहेको बताईएको छ ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको ना २ ख २५५२ नम्बरको दुर्घटनामा परेको बस सडकबाट २ सय मिटर तल खसेको बताउनुभयो । बसमा ३६ जना यात्रु रहेको बताइएको छ ।

घाइतेहरूको दांगको तुलसिपुर, सल्यानको श्रीनगर र जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । 

घाइते मध्ये शानपा २ की २६ वर्षिय शिजन खान, भरतपुर दाङ की ३ वर्षिय रोजी वली, शानपा २ का ४९ वर्षिय टोपेन्द्र वली, तुलसिपुरकी २१ वर्षिया रूक्मिना घर्ति, तुलसिपुरका २१ वर्षिय भुवन डाँगी, शानपा २ का २६ वर्षिय रविन कुमार खान, हापुरे दाङकी २१ वर्षिय तिला वली, तुलसिपुर वेलवाका २१ वर्षिय विषण डाँगी, फलावाङकी २९ वर्षिया हिरा कुमारी वोहरा र लुहामका २१ वर्षिय पोषण गिरीको परिचय खुलेको छ । उनिहरूको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरका लागी छुटेको आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्