Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पूर्वाधार विकास कार्यालयको जिप सल्यानमा दुर्घटना हुँदा पाँच जना घाईते

बिहीबार, भदौ २७, २०८१
tribeni2

सल्यान । पूर्वाधार विकास कार्यालय सल्यानको बोलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न् । बिहिबार दिउँसो शारदा नगरपालिका २ स्थित मैसेपानीमा श्रीगगरबाट खलंगातर्फ आउदै गरेको क प्र. ०२००१ झ ००३५ नम्बरको जिप  दुर्घटना भएको हो। 

 श्रीनगरमा साइड हेरेर फर्केने क्रममा जिप अनियन्त्रित भएर सडकबाट ५० मिटर तलको खोल्सामा पुगेको छ। 

घाईते हुनेहरुमा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका १ बस्ने ३० बर्षीय जिप चालक भरत प्रसाद शर्मा, चालक शर्माको श्रीमती २२ बर्षिया कविता सिजापती,  कास्की जिल्ला पोखरा महानगरपालिका १७ बस्ने २७ बर्षीय सागर आचार्य, डोटी जिल्ला दिपायल सिलगढी  नगरपालिका १ बस्ने २२ बर्षीय मनमोहन सिंह खड्का  र पर्सा जिल्ला बिरगंज महानगरपालिका १३ बस्ने २१ बर्षीय पुनम शर्मा रहेको प्रहरीले जनाएको ।

घाइतेको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक गोबिन्द डाँगीले जानकारी दिनुभयो ।  घाईते सबैको अवस्था मध्यम रहेको जनाईएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्