Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जीप दुर्घटना अपडेट : दुर्घटनाग्रष्त जीपमा उपाध्यक्ष बुढाकी आमाछोरी, तीन शव अप्ठ्यारो भिरमा

शुक्रबार, भदौ २८, २०८१
tribeni2

बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको सरकारी गाडीमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रहेको खुलेको छ । 

रा १ झ २०० नम्बरको उक्त सरकारी गाडी पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले प्रयोग गर्दै आएको गाडि हो । आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले उपाध्यक्षसहित तीन जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । दुई महिलाको शव भेटिएकोेले उपाध्यक्षकै आमाछोरीको मृत्यु भएको हुनसक्ने बताईएको छ । 

घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले पुथाउत्तरगंगा गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी सवार सरकारी गाडी दुर्घटना भएको जानकारी दिनुभयो । दुर्घटनास्थल अप्ठ्यारो भिरमा भएकाले शव निकाल्न पनि कठिन भइरहेको छ ।

घटनास्थलमा उपाध्यक्ष बुढाको परिचय पत्र फेला परेको छ । उहाँ काठमाडौबाट आमासहित रुकुम पूर्व फकदै हुनुहुन्थ्यो । मृतक र घाईतेको सनाखत भएको छैन । घटनाको पुरा विवरण आउन बाँकि रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्