Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उपचार गरेर घर फर्कदै गरेका आमाछोरी बाटोमै अस्ताए  

शुक्रबार, भदौ २८, २०८१
tribeni2

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको बोलेरो जीप बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

काठमाडौबाट रुकुम पूर्व आउँदै गरेको रा १ झ २०० नम्वरको जीप शुक्रबार बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा परेर पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ बर्षिय भुपेन्द्रा बुढा र उहाँकी ६१ बर्षिया आमा गोपीमाया बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । 

दुर्घटनामा परेर अर्का एक पुरुषको पनि मृत्यु भएको छ भने एक जना गम्भिर घाईते हुनुहुन्छ । उहाँहरु दुबै जनाको पहिचान खुल्न सकेको छैन । 

आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो । घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

उपाध्यक्ष बुढा काठमाडौबाट आमासहित रुकुम पूर्व फर्कने क्रममा दुर्घटनामा पर्नुभएको हो । बिरामी आमालाई काठमाडौबाट उपचार गरेर फर्कने क्रममा दुर्घटनामा पर्नुभएको हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्