Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बागलुङ जीप दुर्घटना : गाउँपालिका उपाध्यक्ष, उहाँकी आमा र वडा अध्यक्षको घटनास्थलमै मृत्यु

शुक्रबार, भदौ २८, २०८१
tribeni2

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको बोलेरो जीप बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना हुँदा मृत्यु हुनेको पहिचान खुलेको छ । 

पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष तथा वाइसियल नेपालका केन्द्रिय सदस्य भुपेन्द्रा बुढा सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने चालक गम्भिर घाईते रहेका छन् ।  एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

वाईसियल नेपालका केन्द्रिय अध्यक्ष सुवोध सिर्पालीका अनुसार उपाध्यक्ष बुढा, उहाँकी आमा गोपीमाया बुढा र पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष जसबहादुर सिर्पालीको घटनास्थलमै मृत्यु भएको हो । 

गम्भिर अवस्थामा घाईते जीप चालक भूमे गाउँपालिका ३ निवासी प्रेम पुनको धौलागिरी अस्पतालमा उपचार भईरहेको र थप उपचारको लागि पोखरा पठाउने तयारी गरिएको छ ।  

काठमाडौबाट रुकुम पूर्व आउँदै गरेको रा १ झ २०० नम्वरको जीप आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

उपाध्यक्ष बुढा काठमाडौबाट आमासहित रुकुम पूर्व फर्कने क्रममा दुर्घटनामा पर्नुभएको हो । बिरामी आमालाई काठमाडौबाट उपचार गरेर फर्कने क्रममा दुर्घटनामा पर्नुभएको हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्