Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पशुपति रिजालको 'टाढा छु' लोकप्रिय बन्दै

शनिबार, भदौ २९, २०८१
tribeni2

सर्जक तथा संगीतकार पशुपति रिजाल (प्रिन्स) को 'धेरै छु टाढा' बोलको गीत हालै सार्वजनिक भएको छ । १० सेप्टेम्बर २०२४ मा युटुब मार्फत सार्वजनिक भएको यस भिडियो गीतले नेपाली संगीत प्रेमीहरूको ध्यान खिच्न सफल भएको छ । 

पशुपति इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण गरिएको यस गीतमा प्रमोद खरेल र रचना रिमालको स्वर रहेको छ भने गीतका शब्द र संगीतका स्रष्टा पशुपति रिजाल (प्रिन्स) हुनुहुन्छ । उहाँले आफ्नो विशिष्ट शैलीमा यस गीतलाई जीवन्त बनाउनुभएको छ ।  

गीतमा प्रेम, दूरी, र सम्बन्धको भावनालाई प्रभावकारी तरिकाले प्रस्तुत गरिएको छ। श्रोता दर्शकहरूले गीतका गहिरा शब्द र मर्मस्पर्शी धुनलाई अत्यधिक मन पराइरहेका छन्। यस गीतमा संगीत संयोजन सुनील परियारले गर्नुभ्एको छ भने मिक्सिङ र मास्टरिङ बिमल चिनालले गर्नुभएको छ । यस गीतलाई ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो। 

गीत सार्वजनिक भएको केही दिनभित्रै यसले स्रोता दर्शकको राम्रो भ्यूज पाएको छ । गीतमा सुरेश कोहली र स्मारिका ढकालको अभिनय रहेको छ । संगीतप्रेमीहरूका लागि यो गीत प्रेम र दूरीका भावनाहरूसँग गहिरो सम्बन्ध राख्न सफल भएको छ। 

यस गीतका रचनाकार र संगीतकार पशुपति रिजाल (प्रिन्स) नेपाली संगीत उद्योगका एक कुशल संगीतकार र गायक हुनुहनछ । उहाँले धेरै सफल गीतहरू सिर्जना गर्नुभएको छ । उहाँ गीत संगीतका अलावा संगीत निर्देशनमा पनि विशेष रुचि राख्नुहुन्छ । 

हाल अमेरिकामा रहनुभएका प्रिन्सले नेपाली संगीतमा योगदान दिईरहनुभएको छ ।  
भिडियो :

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्