Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी नगरपालिका र रोजगार संयोजक शर्मा कर्णालीमै उत्कृष्ट

शनिबार, भदौ २९, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका र रोजगार संयोजक पदमा कार्यरत कृष्ण प्रसाद शर्मालाई कर्णाली प्रदेशमै उत्कृष्ट भएकोले सम्मान गरिएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नगरपालिका र संयोजक शर्मालाई सम्मान गरेको हो ।

प्रभावकारी सेवा प्रवाह, पालिकासँगको समन्वय र कार्य प्रगतिको आधारमा उत्कृष्ट पालिका र कर्मचारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको टोलीले शुक्रबार सुर्खेतमा सम्मान गरेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । 

आर्थिक वर्ष ०८०/०८१ को प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समिक्षाको अवसरमा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेलले उत्कृष्ट कार्यसम्पादन गर्ने नगरपालिका र कर्मचारीलाई सम्मान गर्नुभएको हो । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकासहित कर्णालीका तीन पालिका पनि सम्मानित भएका छन् । सम्मान हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका रोजगार संयोजक कृष्ण प्रसाद शर्मा, सल्यानको कपुरकोट गाउँपालिकाका रोजगार संयोजक विपना बुढामगर र हुम्लाको सर्केगाड गाउँपालिकाका रोजगार संयोजक हस्तबहादुर मल्ल रहनुभएको छ । कर्मचारीहरुलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो भने पालिकालाई सम्मान पत्रले सम्मान गरिएको हो । 

तीन वर्षको अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सञ्चालन भएका योजनाहरुको कार्यसम्पादनको आधारमा मुल्यांकन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएदेखि कर्मचारी तथा पालिकालाई सम्मान गरेको यो  पहिलो पटक हो । 

कार्यसम्पादनलाई उत्कृष्ट बनाउन क्रियाशिल कर्मचारी, जनप्रतिनिधि, रोजगार कार्यक्रममा सूचीकृत व्यक्ती, रोजगारदाता,  रोजगार कार्यक्रम कार्यान्वयन गर्ने उपभोक्ता समितिका पदाधिकारिसहित प्रत्यक्ष वा अपत्यक्ष रुपमा रहयोग पुर्याउने सबैलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले धन्यबाद ज्ञापन गर्नुभएको छ । 

459270676_2805129519663229_7914027953799529083_n-1726294723.jpg

459440180_2805129459663235_4232241090958464851_n-1726294723.jpg

प्रतिक्रिया दिनुहोस्