Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको पोष्टमार्टम गरिदै, शव आजै परिवारलाई जिम्मा लगाईने

शनिबार, भदौ २९, २०८१
tribeni2

मध्यपहाडी लोकमार्ग अन्तर्गत शुक्रबार बिहान बागलुङको गलकोटमा भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणपछि आज शनिबार साँझसम्म परिवारलाई  बुझाइने भएको छ। 

मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ। शनिबार बिहानै मृतकको शव परीक्षण शुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। 

शुक्रबार बिहान गलकोट नगरपालिका २ को भुङ्खानीमा काठमाडौंबाट रुकुम पूर्वतर्फ जाँदै गरेको रा  १ झ २०० नम्बरको पिकअप जीप सडकदेखि ३०० मिटर तल खस्दा तीनजनाको मृत्यु भएको थियो। 

घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्वर २ का वडा अध्यक्ष जसवीर सिर्पालीको निधन भएको थियो। 

घटनामा गम्भीर घाइते चालक प्रेमबहादुर पुनलाई धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि शुक्रबार नै पोखरा पठाइएको छ।

गलकोट नगर अस्पतालमामा रहनु भएका पुथा उत्तरगंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरीले पोष्मार्टमको काम सुरु भएको जानकारी दिनुभयो । अस्पतालमा गाउँपालिका अध्यक्ष लगायतका अन्य जनप्रतिनिधि र कर्मचारीहरु, मृतकका परिवार पनि पुगिसक्नु भएको बताईएको छ । 

शव पोष्टमार्टमपछि आजै रुकुम पूर्व ल्याउने तयारी गरिएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्