Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बालविवाह बिरुद्ध आवाज उठाईरहेका पुथाका किशोरीहरु

बालविवाह बिरुद्ध सक्रिय किशोरीलाई "नेता बन्न लागेको, काम नपाएका" लगायतका आरोप समाजकै अगुवाले लगाउँछन्
आइतबार, भदौ ३०, २०८१
tribeni2

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका किशोर किशोरीहरु बालविवाह रोकथाम तथा समाजमा रहेका कूरीति कूसंस्कृती निराकरणका लागि आवाज उठाईरहेका छन् ।

जिल्लाको सबैभन्दा दुर्गम स्थानीय तह मानिने यस पालिकाका किशोर किशोरीहरुले समाजलाई र त्यहाँका स्थानीयहरुलाई यस्तो जन्जिरबाट मुक्त गर्ने अठोटका साथ हातेमालो गरिराखेका छन् । मगर समुदायको बाहुल्यता, १४ वडा रहेको यस गाउँपालिकामा मगरहरुको आफ्नै कला संस्कृती र रीतिरिवाज रहेका छ । फरक कला फरक संस्कृती र फरकपनामा यहाँका नागरिकहरु रमाईरहेका छन् । 

मगर समुदायमा फूपुको छोरा र मामाकी छोरीबीच अधिकारका साथ विवाह गर्ने चलन रहेको छ । मामाको छोरीलाई श्रीमती बनाउनमा सबैभन्दा पहिलो अधिकार फुपुको छोराको नै रहने दाबी यहाँको समुदायमा रहेको छ । तर पछिल्लो समय भने चलनका नाममा यसले कतै न कतै बिकृती पनि निम्ताएको हो कि भनेर बहस सुरु भएको छ । मामाको छोरी बिहे गर्ने चलन पछिल्लो समय जबरजस्ती विवाहमा परिणत भएको भन्दै गुनासे बढीरहेको छ । 
यहि चलन कुनैबेला केटा र केटि पक्ष दुबै मिलेर कुरा गरिसकेपछि केटाकेटीको मन चित्त मिलेमा मात्र केटीले इशारा गरेर हुन्छ भनेपछि मात्र बिहे हुन्थ्यो । तर अचेल यो परम्परा विस्तारै परिवर्तन भएको छ । 
यति मात्र होईन, मगरहरुको अर्को रमाईलो परम्परा भनेको रोदी बस्ने परम्परा हो । जुन परम्पररामा कुनै विशेष कार्यक्रममा केटाकोटी संगै बसेर दोहोरी भाका गाएर रमाईलो गर्ने गरिन्थ्यो । तर अचेल त्यहि रोदी पनि आधुनिक हुदै “छोट्टी बस्ने” नाममा परिवर्तन भएको छ । यसमा नत एक अर्कामा भावनामा डुबेर गीत गाईन्छ ? नत परम्परागत भाकालाई प्रत्साहन दिईन्छ ? आधुनिक “छोट्टी बस्ने” परम्परामा भने जन्ती गएको अवसरमा र मेला पर्वको अवसरमा जबरजस्ती छोरी चेलीलाई लगिन्छ । 

यसरी चलन र संस्कारको नाममा भित्रिरहेका विसंगतीहरुदेखि हैरान भएर पुथा उत्तरगंगा गाउँपालिकाका केही किशोरीहरु यस्ता संस्कारका नाममा बिरोध गर्दै आएका छन् । युएमएन रुकुम पूर्व क्लष्टर, मिक नेपाल र जनजागरण मंच रुकुमको अगुवाईमा उक्त पालिकामा बिभिन्न किशोर तथा किशोरी संजाल तथा बाल क्लबहरु गठन गरिएको छ । तिनै संजाल तथा बालक्लबहरुको अगुवाईमा यस्ता बिकृतीका बिरुद्ध आवाज उठिरहेका छन् ।

आफुले भोगेका तिता अनुभवहरु सुनाउदै पालिकास्तरीय किशोरी मञ्चकी अध्यक्ष बबिता शेर्पालीले समाजका दाजुभाईहरुले छोरी चेलीलाई गरेका अनैतिक क्रियाकलापले नमज्जा लाग्ने गरेको बताउँछिन । उनी भन्छिन, मगर समुदाय कला र संस्कृतिले भरिपूर्ण छ तर संस्कारका नाममा हामीले जे कुरा भोगिरहेका छौ ति कुरा सम्झिदा पनि नमिठो लाग्ने गर्छ । हाम्रो गाउँमा मुख्य समस्या भनेको बालविवाह हो ।

यहाँका किशोरीहरु कतिपय त आफै जानाजान पनि सानै उमेरमा विवाह गरेका हुन्छन तर कतिपय अवस्थामा भने संस्कारका नाममा तानेर लैजाने विवाह र कतिपय अभिभावकको मञ्जुरी मै पनि सानै उमेरको विवाहले कति छोरी भविष्य बिग्रिएको बबिताको भनाई छ । 

कतिछोरी चेलीको सानै उमेरमा विवाह हुन्छ, बच्चा जन्मिन्छ र पनि भविष्यमा गएर श्रीमानले अर्कोे विवाह गरेर अलपत्र पारेका घटना पनि उक्त पालिकाभित्र रहेका छन् । यसै समस्यालाई मध्यनजर गर्दै बबिताको समूहले बालविवाह रोक्ने अठोट गरेका छन् ।

एक पटक गाउँकै एउटा बालविवाहलाई रोक्न विवाह भैरहेको ठाउँमा प्रहरीसहित पुगेर विवाह रोकिएको बबिताले बताईन् । विवाह रोकियो, उनीहरुले केश पनि गरे तर कार्बाहीको नाममा प्रहरी, जनप्रतिनीधि र गन्यमान्य मान्छेहरु पनि मिलेर हामीले कुरो मिलायौँ भन्दै त्यो केशलाई त्यही मिलाए कसैलाई कार्बाही भएन, बबिताले जनाईन् । 

उनीहरुले अहिलेसम्म धेरै बालविवाहका घटना रोक्न खोजेको तर दुई वटामा मात्र सफल भएको उनको भनाई छ । त्यतिबेलाको घटना सुनाउदै सशक्तिकरण किशोरी समूहका अध्यक्ष करिश्मा घर्तिले नानीहरुको भविष्य नबिग्रियोस भनेर रोकेको बालविवाहले उल्टै लज्जित बनाएको बताउछिन ।

करिष्मा भन्छिन, वालविवाह हुदै गरेको थाहा पाउने बितिकै हामी त्यो ठाउँमा पुग्योै । सबैसँग कुरा गरेर, कुरा मिलाएर घर फक्र्यौ तर त्यसको ३ दिनपछि पुनः तिनै केटाकेटी भागेर विवाह गरे भन्ने सुनियो । कुरा बुझ्दै जाँदा अभिभावकले नै भगाएको रैछन । 

यो खबर सुन्दा असाध्यै दुख लागेको तर हिम्मत नहारेको करिश्मा बताउछिन् । समाजका यस्ता नराम्रा कामलाई निरुत्साहितको अठोट लिएका ति किशोरीहरुले आफूले पनि चलनका नाममा रुमल्लिएका संस्कारको फन्दामा परेको बताउछिन् । 

करिश्मालले गाउँको एउटा साथीको जन्ती जाँदाको बृतान्त सुनाईन्, साथीको बिहेको जन्त जाँदा बिहे घरमा पुग्न नपाउदै एक हुल केटाहरु मेरो छेवैमा आए । म झस्किए, मैले केही बोल्न सकिन । के छ साली भन्दै केही केटाहरुले मेरो हात समाउनसम्म भ्याए । 

आँखाभरी आँसु पार्दै उनीले भनिन्, आज गीत गाउदै रमाईलो गर्नुपर्छ है भन्दै रोदी बसेकोसम्म लिए । उनीहरुलाई हात छोड्न अनुरोध गरेको तर जबर्जस्ती गर्न छोडेनन् । पछि एक जना चिनेको सरलाई फोन गर्न लगाएर तिनको कार्यक्रम छ पठाईदिनु भन्न लगाई आफू त्यहाँबाट रातारात घर फर्किनु परेको थियो ।

यसरीे गाउँ र यहाँका नागरिकहरुलाई सकारात्मक मार्गतर्फ लैजानका लागि जस्तोसुकै कठिन काम गरेता पनि कसैको साथ नपाएको गुनासो पनि ति किशोरीहरुले गरेका छन् । जनचेतनामूलक कार्यक्रम गर्न खोज्दा प्रहरी, जनप्रतिनीधिलाई उपस्थितीका लागि हारगुहार गरेता पनि केही न केही निहँु पारेर नआउने गरेको दुखेसो किशोरीहरुको रहेका छ । 

गाउँमा पनि फलानाका छोरीहरु नेता बन्न लाए, यिनिहरु त काम नपाएका हुन लगाएतका बचन सुन्न पर्ने जस्ता समस्याहरु भोग्न परेको छ । तर पनि गाउँका यस्ता कुसंस्कार लाई हटाउन किशोरीहरुले संकल्प गरिरहेको उनीहरु बताउँनछन । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्