Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अखिल (क्रान्तिकारी) कर्णालीको अध्यक्षमा मानसिंह र प्रमुख सचिवमा नारायण केसी चयन 

सोमबार, भदौ ३१, २०८१
tribeni2

सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) कर्णाली प्रदेशको दोश्रो सम्मेलन सोमबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

कालिकोटका मानसिंह शाहीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ प्रदेश कमिटी सर्वसम्मत चयन गरेर सम्मेलन समापन भएको हो । कमिटीको बरिष्ठ उपाध्यक्षमा हिक्मत बहादुर शाही (दैलेख) चयन हुनुभएको छ भने उपाध्यक्षमा हिक्मत शाहि (शिक्षा क्याम्प), ध्रुव शर्मा (जाजरकोट), मनिषा चन्द (समावेशी), प्रकाश बिक (विश्व विद्यालय), टिकाराम बिक (सुर्खेत) र अजय बिष्ट (सल्यान) चयन हुनुभएको छ । 

त्यसैगरी कमिटीको प्रमुख सचिवमा रुकुम पश्चिमका नारायण केसी चयन हुनुभएको छ । उहाँ अखिल (क्रान्तिकारी) को केन्द्रिय कमिटी सदस्य तथा रुकुम पश्चिमको पूर्व जिल्ला अध्यक्ष हुुनुहुन्छ । कमिटीको सचिवमा जुम्लाका बिष्णु भण्डारी, हुम्लाका पदम शाही र मुगुका शुक्रराज रावल चयन हुनुभएको छ भने कोषाध्यक्षमा डोल्पाका भुवन गौतम सर्वसम्मत चयन हुनुभएको छ । 

आईतबार उद्घाटन भएको प्रदेश कमिटीको दोश्रो सम्मेलन सोमबार नयाँ नेतृत्व चयन गर्दै समापन भएको नव निर्वाचित प्रदेश कमिटीका प्रमुख सचिव नारायण केसीले जानकारी दिनुभयो । 

460283075_3696717140544825_1678754518610988463_n-1726498247.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्