Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

सोमबार, भदौ ३१, २०८१
tribeni2
  • खिमबहादुर ओली

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जोखिममा परेका तथा संरक्षणविहीन बालबालिकालाई शैक्षिक सहयोग गरेको छ ।

गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले १२ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।

गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, उपाध्यक्ष कमला रोका, सामाजिक विकास समितिका संयोजक शेरबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकि लगायतले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाका बालअधिकार अधिकृत मानबिर ओलीका अनुसार आमा बुवा नभएका, अति गरिव तथा विपन्न परिवारका बालबालिकालाई जनही चार हजार ११० रुपियाँ बराबरको कापी, कलम, ड्रेस, जुत्ता, झोला र ज्यामिति बक्स प्रदान गरिएको हो । शैक्षिक सामग्रीको अभावले बालबालिका विद्यालय जानबाट रोकिनु नपरोस् भनेर सहयोग गरिएको उहाँले बताउनुभयो ।

हरेक वर्ष जोखिममा रहेका बालबालिकाहरु पहिचान गरी राहत स्वरुप शैक्षिक सामाग्री प्रदान गरिदै आएको अधिकृत ओलीले जानकारी दिनुभयो । 
सानीभेरी गाउँपालिकाले बालबालिका क्षेत्रमा विभिन्न नीति तथा योजना निर्माण गरेर कार्यक्रमहरु गर्दै आईरहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्