Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा बलात्कार मुद्धामा फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

सोमबार, भदौ ३१, २०८१
tribeni2

रुकुम पश्चिममा बलात्कार मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जबरजस्ती करणी (बलात्कार) मुद्धामा दोषी करार भएका एक पुरुषलाई दुई वर्ष दुईपछि पक्राउ परेको हो । 

पक्राउ पर्नेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुघाको माथीगाउँ बस्ने २९ वर्षीय ध्रुव बहादुुर बिक भन्ने सुवर्ण कामी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार कामीलाई निजकै घर नजिक फेला पारेर आज सोमबार बिहान पक्राउ गरिएको हो । उनी बिरुद्ध रुकुम जिल्ला अदालतबाट बलात्कार मुद्धामा २०७९ असार ११ गते २ वर्ष ५ महिना कैद सजाय फैसला भएको थियो । 

फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ परेका कामीलाई कैद सजाय असुल उपरको लागि आजै जिल्ला अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको प्रहरी निरीक्षक शाही जनाउनुभयो । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्