Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट ९ को काउलेखोलामा निस्वस्त्र अवस्थामा एक पुरुषको शव फेला

मंगलबार, असोज १, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -९ स्थित काउले खोलामा एक पुरुषको शव फेला परेको छ । मङगलबार बिहान खोलाको किनारमा शव भेटिएको हो । 

मुसिकोट नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष शशिराम पुनका अनुसार सोहि वडा निवासी अन्दाजी ६५ बर्षीय भुपाल ओलीको शव खोलाको किनारमा फेला परेको हो ।  खोलामा शव फेला परेको सूचना आएपछि प्रहरीलाई खबर गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार सोमबार बेलुका उहाँ घरबाट निस्कनुभएको थियो । आज बिहान दाउरा संकलनका लागि खोला किनारमा गएका स्थानीयले शव देखेका थिए ।  

खोला किनारमा निस्वस्त्र अवस्थामा एक पुरुषको शव फेला परेको भन्दै स्थानीयले खबर गरेपछि घटनास्थलतर्फ प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

सोमबार दिउँसो देखि परेको अबिरल बर्षाको कारण आएको खोलामा बगेर मृत्यु भएको हुनसक्ने अनुमान स्थानीयको रहेको छ । प्रहरीले भने अनुसन्धानपछि मात्र थप विवरण खुल्ने जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्