Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा दोस्रो ‘जनक–सुदन’ स्मृति कपको उद्घाटन, भोलीदेखी प्रतिश्पर्धा सुरु 

पुरुषतर्फ २४ र महिलातर्फ ८ टिमको सहभागिता 
मंगलबार, असोज १, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ बराहाटाकुरामा दोस्रो ‘जनक–सुदन’ स्मृति कप, २०८१ उद्घाटन भएको छ । एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले स्मृति कपको उद्घाटन गर्नुभएको हो  । 

रुकुम पश्चिम भलिबल केन्द्रको आयोजनामा भएको स्मृति कप पूर्व भलिबल खेलाडीद्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा गत वर्षबाट सुरु भएको हो । शिल्ड आज उद्घाटन भए पनि प्रतिस्पर्धा भने भोली बिहान देखि हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बिएमले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा स्तरिय पुरुष तथा खुला महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम पश्चिम, जाजरकोट, रोल्पा र रुकुम पूर्वका २४ तथा महिला तर्फ ८ टिमको सहभागिता रहेको छ । पुरुष तर्फको विजेतालाई १ लाख ११ हजार रुपैयाँ नगद, शिल्ड, कप, मेडल र प्रमाणपत्र तथा उप विजेतालाई ७१ हजार नगद, कप, मेडल र प्रमाणपत्र व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

तेस्रो हुने टिमले ४१ हजार नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने केन्द्रका अध्यक्ष बुढाले जानकारी दिनुभयो । पुरुषतर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान ३ हजार पुरस्कार पाउने छन् । त्यस्तै महिला तर्फको विजेताले ७५ हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ३५ हजार नगद कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । महिला तर्फ पनि विजेताले शिल्ड प्राप्त गर्ने छन् । 

महिला तर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले नगद ३ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान २ हजार पुरस्कार पाउने छन् । शिल्ड कब्जा गर्नका लागि भने लगातार तीन वर्ष शिल्ड जितेको हुनुपर्ने छ । यो प्रतियोगिता वडा स्तरीय हो । यो वर्ष पुरुष तर्फ कर्णाली प्रदेश भित्रका वडा स्तरीय र महिला तर्फ भने खुला रहेको आयोजकले जानकारी गराएको छ । पुरुष तर्फ रुकुम पूर्व र रोल्पाका वडाहरूलाई पनि सहभागिताका लागि अवसर दिइएको छ । 

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा मुसिकोट २ का वडाध्यक्ष दिनेश खड्का, नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, नेपाली काँग्रेसका जिल्ला सह सचिव यज्ञ विष्ट, सशस्त्र प्रहरी निरीक्षक झक्कु शर्मा, रेफ्रि पवनकुमार शाही, अधिकारकर्मी जीवन खड्का लगायतको आतिथ्यता रहेको थियो । 

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका सचिव भीम ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पत्रकार मनिष खड्काले गर्नुभएको थियो । कार्यक्रममा विजयश्वरी बोर्डिङ स्कुलका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्