Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भाईटिकाको राती ढाई लाख चोरी गर्ने दुई युवा रकम सहित पक्राउ

२०७८ कार्तिक २१
tribeni2

रुकुम पश्चिम / जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चोरीको रकम सहित दुई युवालाई पक्राउ गरेकोे छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ७ साँखका प्रदिप रसाईली र रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ८ का राजु बि.क.लाई आईतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहिले बताउनुभयो ।

उनीहरुले जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ७ साँख गाउँमा शनिबार राती ११ बजे स्थानीय भिमबहादुर सुनारको घरमा चोरी गरेको प्रहरीले जनाएको छ ।

भाईटिकाको दिन घरमा कोहि नभएको मौका छोपेर उनीहरुले घरको ढोकाको ताला तोडफोड गरी दराज भित्र राखेको दुई लाख ५० हजार रकम चोरेको प्रहरीले जनाएको छ ।

चोरी भएको २४ घण्टा नबित्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट चोरी भएको १ लाख ६५ हजार २ सय ६५ रकम समेत बरामद गरिएको प्रहरी निरिक्षक शाहीले बताउँनुभयो ।

घटनाको थप अनुसन्धान भैरहेको समेत उहाँले बताउँनुभयो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्