Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निःशुल्क प्रवेश सहित धरहरा खुला गरिदै

बुधबार, असोज २, २०८१
tribeni2

काठमाडौं । बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।

काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।

परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ । त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने पनि उहाँले बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्