Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
संविधान दिवस

संविधान दिवसको अवसरमा चौरजहारीमा प्रभातफेरी र फलफूल वितरण

बिहीबार, असोज ३, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकले १० औ संविधान दिवस तथा राष्ट्रिय  दिवसको अवसरमा बृहत प्रभातफेरी र फलफूल वितरण कार्यक्रम गरेको छ । 

दिवसको अवसरमा चौरजहारी बजार क्षेत्रमा प्रभातफेरी र चौरजहारी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फवलफूल वितरण गरिएको हो । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार तीन दिनसम्म नगरपालिका र मातहतका कार्यालयमा राष्ट्रिय झण्डा सजाउनुका साथै दिप प्रज्वलन समेत गरिएको बताउनुभयो । नेपालको संविधान जारी भएको दिनको अवसरमा आज बिहिबारका दिन प्रभातफेरी र फलफूल वितरणका साथै औपचारिक समारोहको कार्यक्रम गरिएको उहाँले जनाउनुभयो । 

दिवस विशेष कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, व्यापारी, वुद्धिजीवि, सङ्घसंस्था, सुरक्षाकर्मी, पत्रकार लगायत सबैलाई नगरपालिकले आभारसहित हार्दिक धन्यवाद व्यक्त गरेको छ । 

दिवसकै अवसरमा नगर प्रमखु पुष्प वादीले शुभकामना सन्देश समेत जारी गर्नुभएको छ । 

shubhakamana-sandesh-1726741701.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्