Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
संविधान दिवस

मुसिकोटमा संविधान संशोधन र कार्यान्वयनको माग

बिहीबार, असोज ३, २०८१
tribeni2

रुकुम पश्चिमका विभिन्न राजनीतिक दलका प्रमुखहरुले समयानुकुल संविधान संशोधन र प्रभावकारी कार्यान्वयनको माग गरेका छन् ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमले मुसिकोट नगरपालिकासँगको समन्वयमा १० औं संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरले समायानुकुल संशोधन र प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् । 

कार्यक्रममा रुकुम जिल्ला अदालतका न्यायाधीस रामप्रसाद बस्यालले संविधानले गरेका व्यवस्थाको अक्षरशः पालना भएमा समाज सुन्दर हुने बताउनुभयो । उहाँले संविधानले परिकल्पना गरेका बिषयहरु असाध्यै उत्कृष्ट र उपयोगी रहेको समेत जनाउनुभयो । 

6e28cfcd-47d8-4528-9b36-74ce8b88cf4b-1726743711.jpgकार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले कानूनको सहि कार्यान्वयनमार्फत लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान मूल कानून भएकोेले यसकै आधारमा अन्य आवश्यक कानून निर्माण हुने बताउनुहुँदै यसको प्रभावकारी कार्यान्वयन वर्तमानको आवश्यता रहेको उल्लेख गर्नुभयो ।  

नेपाली कांग्रेसका जिल्ला उपसभापति हर्कसिं खत्रीले सत्तारुढ दलहरु संविधानको संशोधनको पक्षमा रहेको र आवश्यकताको आधारमा संशोधन हुनुपर्ने बताउनुभयो । लामो त्याग र संघर्षपछि जारी भएको संविधान कार्यान्वयनको क्रममा भएका जटिलताहरु फुकाउन समेत आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेकपा (एमाले) का जिल्ला अध्यक्ष नन्दराम देवकोटाले व्यवस्था बदल्न जारी भएको संविधानले जनताको अवस्था बदल्न नसकेको बताउनुभयो । उहाँले जनताले प्रत्यक्ष संविधानको अनूभुत हुनेगरी आवश्यक कानून परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य बसन्त शर्माले संविधानका राम्रा पक्षहरु कार्यान्वयन गर्ने क्रमका जटिलता कानूनकै सहायतामा समाधान हुनेपर्ने जनाउनुभयो । संविधानको रक्षा गर्दै परिवर्तनलाई प्रतिफलमूखि बनाउन सबै तह र तप्का सकारात्मक हुनुपर्ने उहाँको भनाई रहेको छ ।

कार्यक्रमका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले गाउँगाउँमा तीन दिनसम्म खुशियालीका साथ दिवस मनाईएको जानकारी दिनुभयो । असोज असोज १, २ र ३ गते जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ संस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखेर सजाईएको, दीप प्रज्वलन गरिएको उहाँले बताउनुभयो । 

दिवसको अवसरमा खलंगा बजार परिक्रमा गरेर प्रभातफेरी गरिएको थियो भने समन्वय समितिको प्राङगनमा औपचारिक समारोह आयोजना गरिएको थियो । यस अवसरमा विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतीसमेत राखेका थिए । 

ad7052d8-da02-4d3b-8ba1-f63d93994106-1726743772.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्