Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा विविध कार्यक्रमका साथ मनाइयो संविधान दिवस

बिहीबार, असोज ३, २०८१
tribeni2

रुकुम पूर्व। रुकुम पूर्वमा संविधान दिवसको अवसर पारेर मध्य पहाडी लोकमार्ग सरसफाइ गरिएको छ। मध्य पहाडी लोकमार्ग सरसफाइ संगै जिल्ला स्तरिय  हाजिरी जवाफ, वक्तित्वकला, पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गरिएको जिल्ला समन्वय समिति रुकुम पूर्वका समन्वय अधिकारी रवीन्द्र बुढा क्षेत्रीले जानकारी दिनुभयो । 

प्रतियोगिता अन्र्तगत  मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रुक्मिणी मावि सिस्ने ५ को समुह प्रथम भएको छ भने जनता मावि पोखरा सिस्ने ३ को समुह दोस्रो स्थान हासिल गरेको छ । यसैगरि  कमल दह बोर्डिङ स्कुल सिस्ने ५ को समुह तेस्रो हुदा कोट मावि रुमालबारा सिस्ने ५ को समुह भने सान्त्वना भएको हो। 

मावि स्तरीय वक्तृत्वकला तर्फ प्रिया बुढा क्षेत्री प्रथम हुँदा  दृष्टि मल्ले दोस्रो, दिपशिखा दमाई तेस्रो  र शक्ति विक सान्त्वना हुनुभएको छ । त्यसैगरि महिला ब्याडमिन्टन तर्फ हिरा मल्ल विजेता हुदा शारदा चन्द उप विजेता हुनुभएको छ भने डिला पुन र ममता कठायत सान्त्वना हुनुभएको छ । 

पुरुष तर्फको ब्याडमिन्टनमा नवीन बोहोरा विजेता हुँदा मदन वि.सी. र गंगा बहादुर पुन दोस्रो हुनुभयो । यसैगरि भरत रामदाम, विकास बि.क, छविलाल घर्ती र बिनोद बुढाले सान्त्वना स्थान हासिल गर्नुभएको छ । 

प्रतियोगितामा विजेताहरुलाई क्रमश नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।  

जिल्ला समन्वय समितिका प्रमुख तथा संविधान दिवस जिल्ला स्तरीय मुल समारोह समितिका अध्यक्ष मेघ बहादुर श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रममा   लुम्बिनी प्रदेश सभा सदस्य सांसद सुरुल पुनको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति उप प्रमुख मोहन बहादुर के.सीको विशेष आतिथ्यता रहेको थियो । 

यसैगरि कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, जिल्ला स्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, पत्रकार, शिक्षक विद्यार्थी  लगायतको उपस्थिति रहेको थियो । 
 कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका समन्वय अधिकारी रवीन्द्र बुढा क्षेत्रीले गर्नुभएको थियो 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्