Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

संविधान दिवसको अवसरमा घनश्याम सम्मानित

बिहीबार, असोज ३, २०८१
tribeni2

रुकुम पश्चिम । १० औ संविधान दिवसको अवसरमा बाँफिकोटका एक किशोर सम्मानित हुनुभएको छ । बाँफिकोेट गाउँपालिका -५ वडगाउँ निवासी घनश्याम विश्वकर्मालाई संविधान दिवसको अवसरमा सम्मान गरिएको छ । 

बिहिबार जिल्ला समन्वय समिति र मुसिकोट नगरपालिकाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा भएको दिवस बिशेष समारोहका बिच उहाँलाई सम्मान गरिएको हो । 

किशोर किशोरीको हक अधिकारको क्षेत्रमा गरेको कार्य लगायतको आधारमा गोल्छा ग्रुपद्धारा आयोजित ग्लोकल टिन हिरो २०२४ अवार्ड प्राप्त गर्न सफल भएको उपलक्ष्यमा विश्कर्मालाई सम्मान गरिएको हो । 

उहाँलाई जिल्ला न्यायाधीश रामप्रसाद बस्याल  र जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्