Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आज पुथामा शोक बिदा, सोमबार शोक सभा हुने

शुक्रबार, असोज ४, २०८१
tribeni2

आज शुक्रबारका दिन रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सार्वजनिक बिदा दिईएको छ । 

गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, उहाँकी आमा तथा पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर १२ रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका पदमा कार्यरत गोपीमाया बुढा र वडा नम्वर २ का वडा अध्यक्ष जस बहादुर श्रीपालीको सडक दुर्घटनामा मृत्यु भएको शोकमा आज गाउँपालिकामा सार्वजनिक बिदा दिईएको हो । 

गत भदौ २८ गते काठमाडौबाट रुकुम पूर्व फर्कने क्रममा बागलुङ जिल्लाको गलकोट नगरपालिका –२ स्थित नेरठाँठीको भुङखानीमा उहाँहरु चढेको गाउँपालिकाको रा १ झ २०० नम्वरको बोलेरो जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

पुथा उत्तरगंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरीले अकल्पनिय तथा दुःखद घटनाले सिंगो गाउँपालिका शोकमा डुबेको र शुक्रबारका दिन सार्वजनिक बिदा दिईएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिका र यस अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, गाउँपालिकास्थित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, बैंक तथा बित्तिय संस्थाहरुमा बिदा दिईएको छ । 

यसैगरी गाउँपालिकाले उहाँहरुको निधनको शोकमा असोज ७ गते सोमबारका दिन शोक सभा गर्ने जनाएको छ । मृतकहरुको असामयिक तथा दुःखद निधनप्रति शोक व्यक्त गर्न गाउँपालिकाको कार्यालय तकसेरामा उपस्थित हुन गाउँपालिकाले सूचना मार्फत जानकारी दिएको छ । 

460613364_479453258401198_5808621550944648015_n-1726818072.jpg

460247736_479639398382584_1689423475592141728_n-1726818071.jpg

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्