Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेवि संघको रुकुम पश्चिम–काठमाडौं सम्पर्क समिति बिस्तार

शुक्रबार, असोज ४, २०८१
tribeni2

नेपाल विद्यार्थी संघको रुकुम पश्चिम - काठमाडौं सम्पर्क समितिमा पदाधिकारी र सदस्यहरु मनोनित गरेर समिति बिस्तार गरिएको छ ।  

समितिका अध्यक्ष दिपेन्द्र बिष्टले पदाधिकारी र सदस्यहरु मनोनित गरेर समिति बिस्तार गरिएको जानकारी दिनुभयो ।  

समितिको उपाध्यक्षमा बाँफिकोट गाउँपालिकाकी अन्जना केसी र सानीभेरी गाउँपालिकाका सन्दिप ओली मनोनित हुनुभएको छ भने सचिवमा आठबिसकोट नगरपालिकाका बिरेन्द्र भण्डारी मनोनित हुुनुभएको छ । 

समितिको सहसचिवको जिम्मेवारी चौरजहारी नगरपालिकाका दिपेश ओली, सानीभेरी गाउँपालिकाका सुमन ओली र त्रिवेणी गाउँपालिकाका भुपेन्द्र खड्का र कोषाध्यक्षको जिम्मेवारी मुसिकोट नगरपालिकाकी निर्मला ओलीले प्राप्त गर्नुभएको छ । 

अध्यक्ष बिष्टले सदस्यहरुका अर्जुन थापा, बिप्लव शाह, तिलक बुढा, प्रकृति केसी, सन्देश बिक, दिनेश केसी, दिपक केसी, तुलसा डाँगी, यमुना डाँगी, ईश्वरी खड्का, तारा खड्का, समिक्षा शाही र कल्पना बस्नेतलाई मनोनित गरिएको जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्