Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघका कार्यवाहक अध्यक्षद्वारा राजीनामा, निर्वाचन अनिश्चितकालका लागि स्थगित

शुक्रबार, असोज ४, २०८१
tribeni2

काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिनुभएको छ । उहाँले शुक्रवार राजीनामा दिनुभएको हो । 

यसअघि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बन्नुभएको थियो । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिनुभएको हो।

विष्टले महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिएर राजीनामा दिनुभएको हो । महासंघको विधि विधान र संरचनालाई लत्त्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्यक्तिलाई सदस्यता दिएको विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि त्यसको उत्तर दिन नसक्दा असोज १२ का लागि तोकिएको महासंघको निर्वाचन अनिश्चित बनेको विष्टले बताउनुभएको छ ।

यसअघि विष्टले बिहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गर्नुभएको थियो । उहाँको पत्रपछि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्