Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा जिप दुर्घटना, चार जना घाईते

२०७८ कार्तिक २१
tribeni2

रुकुम पूर्व / जिल्लाको भूमे गाउँपालिका वडा नं. ३ हाङकिङमा आईतबार बिहान जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परेर चालक सहित जिपमा सवार चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

भूमे गाउँपालिका वडा नं. ३ को झुम्लाबाङबाट रुकुम पश्चिमको खलङ्गातर्फ गएको रा १ ज ७६३ नम्बरको जिप आज बिहान हाङकिङमा दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा गाडि चालक समेत रहेका भूमे गाउँपालिका वडा नं.३ का ४५ वर्षका लालबहादुर श्रेष्ठ, सोही ठाउँका १७ वर्षका समिर सुनार, १९ वर्षका सुस्मिता सुनार र २ वर्षका जस्तेन सुनार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

घाईते सबैजनालाई रुकुम पूर्व अस्पतालमा उपचारपछि डिस्चार्ज समेत गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

जिप अनियन्त्रित भएर सडक भन्दा अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त जिप

 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्