रुकुमकी दिपशिखा मिस युनिभर्सल नेपालको शीर्ष ६ स्थानमा, भोट गर्न अपिल

शुक्रबार, असोज ४, २०८१

रुकुम पश्चिमकी दिपशिखा देवकोटा मिस एन्ड मिसेस् युनिभर्सल नेपाल सिजन ४ को उत्कृष्ट ६ मा पुग्न सफल हुनुभएको छ । अडिसन चरणबाट छनौट भएर उहाँ शीर्ष ६ मा पुग्नुभएको हो । 

प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका मध्य उत्कृष्ट ६ प्रतियोगी छानिएका हुन् ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ३ की दिपशिखा काठमाडौँमा रहेर इन्टरनेशनल एअर क्याबिन क्रु अध्ययन गरिरहनुभएको छ । 
कला क्षेत्रमा रुचि राख्ने उहाँले आफूलाई भोट गर्न अपिल समेत गर्नुभएको छ । 

सानैदेखि आफ्नो रुचि पढाई सँगसँगै गायन, नृत्य तथा चित्रकलामा रहेको उहाँको भनाई छ । अहिलेसम्म आन्तरिक प्रतिस्पर्धाबाट उत्कृष्ट ६ मा परेकी जानकारी दिनुहुँदै उहाँले अबको चरण भोटिङमा आधारित हुने बताउनुभयो । त्यसका लागि सबैलाई भोट गर्न उहाँले अनुरोध गर्नुभएको छ । 

प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मनोरञ्जन कार्यक्रमहरू, सामाजिक परियोजनाहरू र अन्य धेरै कार्यक्रमहरू आयोजना गरी देशको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्पार्कल इन्टरटेनमेन्टको स्थापना भएको आयोजक टिमले बताएको छ  ।

विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्यले कार्यक्रम तय गरिएको स्पार्कल इन्टरटेनमेन्टकी सीइओ नितु श्रेष्ठले बताउनुभयो ।

उत्कृष्ट ६ भित्र समावेश भएपछि अबको चरण पार गर्न उनलाई अनलाइन भोटको जरुरत पर्दछ । आयोजकका अनुसार ‘मिस एन्ड मिसेस् नेपाल २०२४ का लागि शीर्ष ६ प्रतिस्पर्धी घोषणा भएका छन् भने सबै फाइनलिस्टहरू बौद्धिक, सुन्दर र प्रतिभावान् रहेका छन् । 

देवकोटालाई भोट गर्न खल्ती डिजिटल वालेटमा गएर भोटिङ सेक्सन छनोट गरी मिस एन्ड मिसेस् नेपालको सेक्सनमा गई भोट गर्न सकिन्छ । उहाँको भोटिङ आइडी ०५ रहेको छ ।

IMG-20240920-WA0012-1726828412.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : अधुरो प्रेम
शुक्रबार, असोज ४, २०८१

कविता : म पनि हिँडे साथी !
शुक्रबार, असोज ४, २०८१

गजल - दिपशिका ओली
शुक्रबार, असोज ४, २०८१