Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा चाडपर्व लक्षित बजार अनुगमनमा जोड

शनिबार, असोज ५, २०८१
tribeni2

रुकुम पश्चिममा  चाडपर्व लक्षित बजार अनुगमनलाई जोड दिईएको छ । जिल्ला प्रशासन कार्यालय, विभिन्न पालिकाहरु, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय लगायतले बजार अनुगमनलाई जोड दिएका हुन् । 

आज शनिबार उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदमलाल लामिछानेको बिशेष उपस्थितिमा मुसीकोट नगरपालिका १ र ५ मा रहेका विभिन्न पसलहरुमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा विभिन्न पसल तथा व्यवसायबाट म्याद नाघेका, लेवल नभएका विभिन्न सामाग्रीहरु बरामद गरेर नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार खस्ता, पाउरोटी, सिन्कामारी रोटी, भुजा, दालमोठ लगायतका सामग्रीहरु बरामद गरेर नष्ट गरिएको हो ।

यसअघि गत आईतबार सहायक प्रम्ख जिल्ला अधिकारी विनोद रेग्मीको संयोजकत्वमा रहेको बजार अनुगमन टोलीले पनि जिल्ला सदरमुकाममा रहेका विभिन्न पसल तथा उद्योगहरु अनुगमन गरेको थियो ।

bazar-1-1726906314.jpgत्यस क्रममा क्रममा विभिन्न चार वटा पसललाई २० हजार रुपियाँ जरिवाना गरिनुका साथै आठ हजार ३४० रुपियाँ मूल्य बराबरका चाउमिन, पाउरोटी, केक, क्रिमरोल लगायतका सामाग्री बरामद गरेर नष्ट गरिएको थियो । 

त्यसैगरी चौरजहारी नगरपालिकाले पनि चाडपर्व लक्षित बजार अनुगमनलाई तिब्रता दिएको जनाएको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार हालै नगरपालिकाले चौरजहारी बसपार्क क्षेत्रमा रहेका विभिन्न किराना, खाद्य पसल तथा होटेलहरुमा अनुगमन गरेको छ ।

उपभोक्ता हित संरक्षणका लागि गरिएको उक्त अनुगमनका क्रममा म्याद नाघेका तीन हजार ६५० मूल्य बजारका सामान बरामद गरेर नष्ट गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । जिल्लाका अन्य पालिकाहरुले पनि चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको जनाएका छन् । 

chaurjahari-anugaman-1726906073.jpgजिल्ला सदरमुकाममा भएको बजार अनुगमनमा कार्यक्रमका क्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदमलाल लामिछाने अन्य बेला भन्दा चाडपर्वको बेलामा बजारमा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ लगायतका अन्य प्रचलित कानून विपरति उपभोक्ताको स्वास्थ्यमा असर पर्ने क्रियाकलाप हुनसक्ने भएकोले सचेत बनाउन आवश्यक रहेको बताउनुभयो ।

चाडपर्वका लागि जिल्लामा ल्याईने खाद्यन्न, तरकारी, मासुजन्य लगायतका उपभोग्यवस्तुहरुको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव हुन नदिन, मूल्यबृद्धि तथा कालोबजारी रोक्न र उपभोक्ता ठगिनबाट जोगाउन बजार अनुगमन प्रभावकारी बनाउनुपर्नेमा लामिछानेले जोड दिनुभयो । 

अनुगमन कार्यमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदमलाल लामिछाने, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानु कुमार शर्मा, जिल्ला प्रहरी कार्यालयका बरिष्ठ प्रहरी नायब निरीक्षक सन्तोष शाह, मुसीकोट नगरपालिकाका चन्द्रा कुमारी खड्का, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख विनोद चन्द, साल्ट ट्रेडिङ्ग कार्यालयका प्रमुख पूर्णराज गौतम, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्